ओली, प्रचण्ड र देउवालाई फेसबुकमा खुकुरी देखाउँदै काट्छु भन्ने क्षेत्री पक्राउ

Share:

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर भिडियो बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने बाराका सागर क्षेत्री पक्राउ परेका छन् ।

सोमबार बारामै पक्राउ परेका क्षेत्रीलाई काठमाडौं ल्याइएको र साइबर अपराधमा मंगलबार म्याद थप गर्न लागिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

क्षेत्रीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई फसाउन खोजेको भन्दै भिडियोमा अश्लील गाली गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: