
पोखरा । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत संचालित तनहुँको बेलचौतारामा रहेको नेपाल पुलिस स्कूल अवलोकन भ्रमण गरेका छन् ।
मंगलबार प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बिनोद शर्मा घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख एसपी दान बहादुर कार्की, तनहुँ प्रमुख बिनोद सिलवाल, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी बिरेन्द्र कुमार बस्यालसहितको उपस्थितिमा आईजीपी खनालले विद्यालय निरीक्षण गरेका हुन् ।
उनले बिद्यालयको कक्षा कोठा, कार्यालय भवन, छात्रा होस्टल, स्नान गृह तथा शौचालय निरीक्षण गरी विद्यालयमा कार्यरत शिक्षक शिक्षिका र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुका साथै शिक्षक तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
आईजीपी खनालले वर्तमान समयमा नेपाल पुलिस स्कूलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ बढी गुणस्तरिय शिक्षा प्रदान गरी यस क्षेत्रकै नमुना बिद्यालय बनाउनु पर्ने विषयमा जोड दिए । उनले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि संगठनको तर्फबाट आवश्यक सहयोह गर्ने प्रतिबद्धता गरेका थिए ।
याे पनि – चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन आइजीपी खनालको निर्देशन
