अनुमति नलिइ आरक्षण केन्द्र सञ्चालन गर्ने तीन जना पक्राउ

Share:

काठमाडौं– स्थानीय प्रशासनबाट अनुमति नै नलिइ बालबालिकाको आरक्षण केन्द्र सञ्चालन गर्ने ३ जना पक्राउ परेका छन् ।प्रहरीका अनुसार काठमाडौंको बाफल बस्ने ४६ वर्षीय सुजित रायमाझीसहित ३ जनाले नमूना प्रगतिशील महिला समाज नामक संस्था खोलेर विभिन्न जिल्लाबाट ल्याएका बालबालिका राख्दै आएका थिए ।

तर, उक्त संस्था प्रशासन कार्यालयमा दर्ता नै नभएको पाइएको प्रहरीले जनाएको छ ।

बिना दर्ता र अनुमति बालिबालिका राखेको पाइएपछि ४६ वर्षीय रायमाझीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: