मानव निर्मित पोखरीमा डुबेर एक बृद्धको मृत्यु

Share:

दाङ । दाङको गिठेपानीमा सिचाईँ गर्न बनाएको मानव निर्मित पोखरीमा डुबेर एक बृद्धको मृत्यु भएको छ । घोराही उप–महानगरपालिका–१८ का देउचन रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति घरबाट निस्किएका रोका शनिबार बिहान पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । ५० वर्षे रोकाको शव पोष्टमार्टमका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनसुधान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: