आतंकवादी हमलाकाे १० वर्ष पछि श्रीलंकाले पाकिस्तानमा टी-२० र एकदिवसीय शृङ्खला खेल्ने

Share:

एजेन्सी । श्रीलंकाले पाकिस्तानमा सिरिज खेल्ने भएको छ । २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंका पाकिस्तान गएको थिएन । अन्य देशले पनि पाकिस्तान गएर खेल्न अस्वीकार गर्दै आएका छन् ।

सेप्टेरम्बरमा श्रीलंकाले पाकिस्तानमा एक दिवसीय र टी-२० खेल्ने तय भएको छ । जसमा तीन एक दिवसीय र तीन टी–२० समावेश गरिएको छ । सेप्टेम्बर–अक्टुबरमा खेलिने तीन टी–२० र तीन एक दिवसीय क्रिकेटमध्ये टी–२० लाहोर र एक दिवसीय कराँचीमा हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: