
काठमाडौं – न्यूज २४ टेलिभिजनमा प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध काउन्सिलमा उजुरी दर्ता गरेका हुन् ।
कञ्चनपुरकी भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित कार्यक्रममा आफूलाई बोलाएर पत्रकार आचारसंहिताको उल्लंघन हुने गरी कार्यक्रम प्रसारण गरेको भन्दै भण्डारीले लामिछानेविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित रहेर साउन २१ गते प्रसारित कार्यक्रममा आफूलाई मात्र ‘गेस्ट’को रुपमा बोलाउनुपर्ने शर्तको उल्लंघन गरिएको पनि भण्डारीको आरोप छ ।
भण्डारीका अनुसार ‘सिधा कुरा जनतासँग कार्यक्रम’को टिमले २०७६ साउन ११ गतेबाट निर्मला प्रकरणकाबारे सामग्री प्रस्तुत गरिएको थियो ।
