१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

Share:

काठमाडौं– काठमाडौंको कलंकीमा १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । दैलेख घर भएकी १७ वर्षीया किशोरीमाथि कलंकीको पशुपति गेस्ट हाउसमा सामूहिक बलात्कार भएको हो ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घादिङको गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ छन् ।

रवीनसँगै धादिङकै ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षी मदन थापामगर पनि बलात्कारमा संलग्न भएको उजुरी परेको छ । मदन अहिले फरार रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

पीडित किशोरी पक्षबाट उजुरी परेपछि प्रहरीले रवीनलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: