नेपाल सम्वतको अवसरमा पोखरामा भव्य भिन्तुना ¥याली, सरुभक्त सम्मानित, नेपाल सम्वत लागु गर्न जोड

Share:

सन्देश श्रेष्ठ पोखरा, ७ कात्तिक / नेपाल सम्वत ११३५ को स्वागतार्थ पोखरामा आज भव्य भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कचाः पृथ्वीचोकको संयोजनमा पोखरा सभागृहबाट शुरु भएको भिन्तुना ¥याली सभागृहचोक, पृथ्वीचोक, सिर्जनाचोक, सिमलचौर, बगालेटोल, गणेशटोल, भीमसेनटोल हुँदै नेवा छेँ भवन भिसीमार्गमा पुगेर सम्मान समारोहमा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले नेपाल सम्वत मौलिक सम्वत हो, यसलाई लागु गरौं, नेपाल सम्वतका प्रवर्तक संखधर साख्वा अमर रहुन् भन्ने लगायतका नाराहरु लेखिएका ब्यानर तथा प्ले कार्ड बोकेका थिए । गत वर्षहरुमा भन्दा यस वर्ष सहभागिता ह्वात्तै बढेको पाईयो भने जातीय संघसंस्थाहरुको पनि संस्थागत सहभागिता बाक्लै देखिएको थियो ।

7613_559300474201452_7309806968006606509_n

नेवारसहित विभिन्न जातजातीको संस्थागत सहभागितामा झाँकीसहित निकालिएको ¥यालीमा नेवा खलः कास्कीको शाखाहरु , पृथ्वीचोक, राष्ट्रवैंक चोक, विरौटा, छोरेपाटन, घारीपाटन, सिमलचौर, कुँडहर, शितलादेवी माटेपानी, रानीपौवा, बगालेटोल, गणेशटोल, भैरबटोल, मोहरियाटोल सिंहनाथ टोल, तेर्सापट्टी, प्रस्याङ, मालेपाटन, जिरोकिलोमिटर, हंसपुर, गौंडाकोमुख, रामबजार, हेम्जा, लेकसाईड ठाडोपसल, बाटुलेचौर, लामाचौरको सहभागिता रहेको थियो । ¥यालीको नेतृत्व नेवा खलः कास्कीका अधयक्ष अशोक पालिखेले गर्नुभएको थियो भने मिस नेवा आकर्षणको रुपमा रहेको थियो । ¥यालीमा सहभागि नेवार पुरुषहरुले दौरा सुरुवाल तथा महिलाहरुले हाकुपटासी लगाएका थिए भने अन्य जातजातीहरुले आफ्ना जातीय पोषाक लगाएर सहभागि भएका थिए ।

त्यस्तै जातजातीको तर्फबाट तमु धिँ नेपालको प्रतिनिधित्व गर्दै दुधपोखरी तमु समाज, ह्योल्मो समाज, थकाली समाज, नेपाल तामाङ घेदुङ कास्की, नेपाल मगर संघ, हिमाली सांस्कृतिक परिवार, सःधर्म सभा लगायतको संस्थागत सहभागिता थियो ।

नेवा खलः कचाः भीमसेनटोलको संयोजनमा हुने समापन कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलाई सम्मान गरिएको थियो । उहाँलाई नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले फेता र प्रमुख अतिथी पर्यटन सचिव शुरेशमान श्रेष्ठले सम्मानपत्र र दोषल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

त्यस्तै, नेवा छेँ भवन निर्माणका लागि ५ लाख भन्दा बढी आर्थिक सहयोग गर्ने गणेशबहादुर श्रेष्ठ, सुशील गोशेली, पूर्ण श्रेष्ठ, जीतप्रसाद द्वा, विकलमान बुद्धाचार्य, सत्यमान लाभाजु, बद्रिमाया द्वा र मिनबहादुर श्रेष्ठ तथा विशिष्ट सहयोग गर्नुहुने सिद्धार्थ ट्रेडिङ्गका सूर्य श्रेष्ठ र निर्माण व्यवसायी पूर्णमान श्रेष्ठलाई पनि प्रमुख अतिथी श्रेष्ठले दोषल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । सोही अवसरमा यस वर्षको एसएलसी परिक्षामा कास्कीबाट सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने छात्रा अनु श्रेष्ठ र छात्र विकेश जोजिजुलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच भिन्तुना ¥यालीमा सहभागि मध्ये झाँकीमा तेर्सापट्टी नेवा पुचः सर्वोत्कृष्ट ठहरिदै पुरस्कृत भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शुरेशमान श्रेष्ठले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्ने पक्का भएको बताउँदै एक हप्ताभित्रमा विमानस्थल बनाउने एजेण्डा मन्त्री परिषदमा निर्णयार्थ पेश गरिने जानकारी दिनुभयो । उहाँले पोखरामा निर्माण भईरहेको नेवा छेँ भवन निर्माणका लागि सहयोग गर्ने आश्वासन दिदै सोही नेवा छेँको तेश्रो तल्लामा राखिने संग्रहालयमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साहित्यकार तथा शिक्षाविद् सुवर्ण शाक्यले राजा भएकै कारणले कुल गोत्र थाहा नभएका विदेशी मान्छेको नाममा विक्रम सम्वत् राखेर प्रचलनमा आईरहेको तर स्थानिय किसान संखधर साख्वाले चलाएको मौलिक सम्वत भने लागु हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले नेपाल सम्वत लागु गर्नको लागि सबैले आ आफ्नो क्षेत्रबाट दवाब दिनुपर्ने र नेपाल सम्वतको शुभारम्भको दिन सार्वजनिक बिदा पनि दिईनुपर्नेमा जोड दिनुभयो । शाक्यले नेवार जात मात्र नभई सभ्यता पनि भएकाले कहिल्यैपनि साम्प्रदायिक भावना लिएर नहिंडेको र जुनसुकै समाजमा पनि मिलेर बस्दै आएको यथार्थ चित्रण गर्दै यसलाई यथावत राख्नुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्व तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सक्तभक्तले नेपाली हामी डरैडरमा बाँच्नुपरेको बताउनुभयो । उहाँले कसैले सगरमाथा हाम्रो भन्दा वा बुद्ध हाम्रो भनेर दाबी गर्दा हामी डराएर कतै साँच्चैकै आफ्नो बनाईहाल्छ कि भन्ने त्रासले बस्नुपर्ने स्थिति रहेको भन्दै त्यसका बिरुद्ध लड्न एकता आवश्यक रहेको बताउनुभयो ।

सभासद यज्ञबहादुर थापाले नेवा खलःको अभियानमा कृष्णजीको महलमा सुदामाले कनिका सहयोग गरे जस्तै आफूले पनि नेवा छेँ भवन निर्माणका लागि सहयोग गर्ने बचन दिनुभयो ।

नेपाल आदिवासी जनजाती समन्वय समिति कास्कीका अध्यक्ष पानबहादुर घर्तीले राष्ट्रिय मान्यता पाएकाले नेपाल सम्वतलाई लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

नेवा खलः कास्कीका उपाध्यक्ष तथा साहित्यकार तीर्थ श्रेष्ठले राष्ट्रिय मान्यता पाएको नेपाल सम्वतलाई अब कामकाजी काममा पनि प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले अब दुई देशबीच हुने सन्धी सम्झौता वा सहमति पत्रमा नेपाल सम्वत अनिवार्य उल्लेख गर्न माग पनि गर्नुभयो ।

नेवाःमिसा पुचः कास्कीका उपाध्यक्ष बकावली शाक्यले नेपाल सम्वतको शुभकामना व्यक्त गर्दै नेपाल सम्वत लागु गर्नका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Photo: Sarubhakta Sarokar Kendra Facebook Page

कमेन्ट गर्नुहोस्
Share: