घूस लिएको आरोपमा यातायात कार्यालयका निमित्त प्रमुखसहित ३ जना पक्राउ

Share:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्टसहित ३ जनालाई घूस र स्रोत नखुलेको रकम लिएको आरोपमा पक्राउ गरेको छ ।

निमित्त प्रमुख सिंह सँगै अधिकृतहरु भुवन जोशी र जयराज कारीगरलाई पक्रउ गरेको हो । उनीहरुलाई सेवाग्राहीको गाडी विक्री गरी नामसारी गरिदिएबापत रू. १ हजार ५०० र स्रोत नखुलेको रू. १ लाख ५१ हजार बोकी हिँडेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छसो बारेमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: