नेकपाले देशब्यापी विशेष अभियान सञ्चालन गर्ने

Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशब्यापी विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने उल्लेख छ ।

अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्धारा सञ्चालित विकास, सम्बृद्धि र सामाजिक न्याय सहितको महाअभियानसँग जोड्ने गरि विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

यसअघि दुई अध्यक्षले हस्ताक्षर गरेर पठाउने गरिएको अन्तर पार्टी निर्देशनमा यसपटक अध्यक्ष प्रचण्डको मात्र हस्ताक्षर छ । चाँडै एकताका सबै काम शुरु सकेर देशब्यापी रुपमा जनता र कार्यकर्ता परिचालन गर्ने नेकपाले जनाएको छ ।

तर सार्वजनिक रुपमा नेतृत्व र नीतिको बिरोध गर्न बन्देज लगाएको छ । आन्तरिक सर्कुलरमा भनिएको छ–पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरुप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीको प्रक्रिया अघि बढाइने छ ।’

कमेन्ट गर्नुहोस्
Share: