
पोखरा । बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा आयोजना गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो सुरु भएको छ।
गण्डकी प्रदेशकै सर्वोत्कृष्ट रेडियोले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिस्टेल डेरी प्रा.लिको उत्पादन नोभा दहीसँगको सहकार्यमा यस पटक पनि रेडियो गेम शोलाई निरन्तरता दिएको हो ।
गेम शोको पहिलो दिन शुक्रबार एसएमएस र फेसबुकबाट सही उत्तर दिने चार जना विजेता बनेका छन् । पहिलो दिन एसएमएसमार्फत सही उत्तर दिएर पोखराको फूलबारी बस्ने भूपीमाया तमाङ्ग र न्यूरोड बस्ने समिक्षा पौडेल विजेता बनेका छन् । यस्तै फेसबुकबाट सही जवाफ दिने मध्येबाट सुरमी तिवारी र सुनिता बराल विजेता बनेका छन् ।
गेम शो भदौ १५ गतेसम्म चल्नेछ । नोभा दही ‘बिग तीज, बिग धमाका’ रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । गेम शोका लागि शनिबारको प्रश्न “यो पटकको बिग तीज बिग धमाकाको प्रायोजन कसले गरेको छ” ? भन्ने प्रश्न रहेको छ । यसका लागि अप्सन ‘ए’ मा नोभा दही र अप्सन ‘बी’ मा सफल दही रहेको छ ।
गेम शोमा सहभागी हुन प्रश्नको उत्तर एसएमएसमार्फत दिनुपर्नेछ । वा, रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्नको कमेन्ट बक्समा सही उत्तर लेख्नुपर्नेछ ।
‘नोभा दही बिग तीज, बिग धमाका’ को विजेता साँझा ७ बजेपछिको कार्यक्रममार्फत छनौट हुनेछन् । एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई BIG स्पेश FM लेखी सही उत्तर ए वा बी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ ।
सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर एसएमएसमार्फत सही उत्तर दिने दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक/एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।
तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने रेडियोका कार्यक्रम संयोजक शंकर तिवारीले बताए ।
नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए ।
नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए । नोभा दहीले विगत ३ वर्षदेखि हरेक तीजमा यो इभेण्टमा सहकार्य गर्दै आएको छ ।


