नोभा दही ‘बिग तीज, बिग धमाका’ को दोस्रो दिन चार जना विजेता

Share:

पोखरा । बिग एफएम १०१.२ मेगाहर्जले आयोजना गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शोको दोस्रो दिन चार जना विजेता बनेका छन्। गेम शोको विजेता बन्नेमा एसएमएस तर्फबाट सुनिता ढुङ्गाना र श्याम श्रेष्ठ रहेका छन् । यस्तै फेसबुक तर्फबाट निकिता थापा र बबिता घर्ती घिमिरे छन् ।

यसअघि पहिलो दिन एसएमएसमार्फत सही उत्तर दिएर पोखराको फूलबारी बस्ने भूपीमाया तमाङ्ग र न्यूरोड बस्ने समिक्षा पौडेल विजेता बने । यस्तै फेसबुकबाट सही जवाफ दिने मध्येबाट सुरमी तिवारी र सुनिता बराल विजेता बने । गेम शोको आइतबार अन्तिम दिन हो ।

आइतबारका लागि “नेपाली महिलाहरूको महान चाड हरितालिका तीज कुन तिथिमा पर्छ ?” भन्ने प्रश्न रहेको छ । यसका लागि अप्सन ‘ए’ मा भाद्र शुक्ल प्रतिपदा र अप्सन ‘बी’ मा भाद्र शुक्ल तृतीया छ ।

गेम शोमा सहभागी हुन प्रश्नको उत्तर एसएमएसमार्फत दिनुपर्नेछ । वा, रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्नको कमेन्ट बक्समा उत्तर लेख्नुपर्नेछ । एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई BIG स्पेश FM लेखी सही उत्तर ए वा बी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ ।

सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक/एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ । ‘नोभा दही बिग तीज, बिग धमाका’ को विजेता साँझा ७ बजेपछिको कार्यक्रममार्फत छनौट हुनेछन् ।

तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने रेडियोका कार्यक्रम संयोजक शंकर तिवारीले बताए । अन्तिम दिन भोली चार जना छनोट गरिनेछ । त्यसपछि गेम शो अवधीभर विजेता बन्ने १२ जना मध्ये भाग्यशाली एकजनाले बम्पर उपहार आधा तोला सुनको गहना जित्नेछन् ।

नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए ।

नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए । नोभा दहीले विगत ३ वर्षदेखि हरेक तीजमा यो इभेण्टमा सहकार्य गर्दै आएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: