१९ लाख लागतमा भीम माविमा पुस्तकालय भवन निर्माण

Share:

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरी कूल रु १९ लाख लागतमा एककोठे भवन निर्माण भएको हो ।

संस्थाले रु १६ लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयवासीबाट रु तीन लाख बराबरको श्रमदान भएको शिक्षक यामनाथ पौडेलले जानकारी दिए। संस्थाले एक हजार ४०० थान विभिन्न विधाका पुस्तक पनि उपलब्ध गराएको छ ।

यसअघि पुस्तकालय स्थापना भए पनि भवन अभावमा व्यवस्थित हुनसकेको थिएन । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा बालकक्षासहित २१५ विद्यार्थी छन् । बेलायती नागरिकहरुले स्थापना गरेको पहार ट्रसको सहयोगमा यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा आठकोठे भवन निर्माण भएको थियो ।

आइतबार वडाध्यक्ष पिपला बुढाले भवनको उद्घाटन गर्दै पुस्तकालयलाई प्रभावकारी र व्यवस्थित गर्न कोषको आवश्यकता औँल्याउँदै त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

कमेन्ट गर्नुहोस्
Share: