मानव धर्मको कलेज अभियान सम्पन्न

Share:

पोखरा । पोखराको रानीपौवामा रहेको नेपाल मानव धर्म सेवा समितिको युवा विन्ङ गण्डकी प्रदेशले पोखराका विभिन्न कलेज पुगेर ‘धर्म र विज्ञान’ विषयक तीन दिने अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

युवालाई लक्षित गदैं जीवन,आध्यात्म र विज्ञान विषयक कार्यक्रम गरेको संस्थाका कास्की प्रमूख पिताम्बर बाईजीले जानकारी दिए ।उनले कार्यक्रममा आत्मा,परमात्मा र सत्कर्मको फलको रह्स्य बारे बिशेष कक्षाहरु पनि संचालन भएको सुनाए ।

त्यसैगरी कार्यक्रमका प्रशिक्षक तथा प्रमूख वक्ता डा. जय प्रकाश अग्रवालले ध्यान र योगको महत्व सहित गरिएको कार्यक्रम प्रभावकारी रहेको बताए । उनले यूवालाई आध्यात्मिक ज्ञान अनिवार्य रहेको बताउदै सम्पूर्णलाई आध्यात्मिक जीवनतर्फ अग्रसर हुन आग्रह गरे।

भदौको १३ गतेदेखि १५ गते सम्म भएको कार्यक्रम ला-ग्राण्डी कलेज, कान्तिपुर होटल म्यानेजमेन्ट कलेज, माउन्ट भ्याली कलेज, पोखरा इञ्जिनियरिङ्ग कलेज भएको थियो । सो कार्यक्रममा दुई सय युवाको सहभागिता रहेको कार्यक्रम संयोजक ओम उपाध्यायले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: