
काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मंगलवार नेपाली बजारमा छापावाल सुन प्रतितोलाभ ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो । त्यस्तै मंंगलवार तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
