राजबल्लभको फिल्म हाइवे टु धुम्पुसलाई प्रतिष्ठित अमेरिकी अवार्ड

Share:

पोखरा/ नेपालका सफल नायक राजबल्लभ कोइराला अभिनित हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’ ले अमेरिकामा हर्टल्याण्ड फिल्म फेष्टिवलमा ‘बेष्ट युएस प्रिमियर अवार्ड’ जितेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म चलेको फेष्टिवलमा फिल्मले ‘स्टयाण्डिङ ओभेसन’ सहित ‘वेष्ट युएस प्रिमियर अवार्ड’ हात पारेको हो ।

फिल्मले नेपाल चिनाउन सहयोग गर्ने भन्दै नायक राजबल्लभले फिल्मले नेपाली कला र संस्कृतिलाई विश्व भर पुर्याउने बताए । यो अवार्ड अमेरिकाको प्रतिष्ठित अवार्ड हो । रिक म्याकफारलाण्डको लेखन निर्देशन रहेको हाइवे टु धुम्पुसमा राजबल्लभले पाइलटको भुमिका निर्वाह गरेका छन् ।

यस फिल्ममा बिग्रिएकी ब्रिटिश राजकुमारी नेपाल भ्रमणमा आएपछि उनको जीवनमा आएको परिवर्तन देखाइएको छ । यस फिल्ममा देशभक्त खनाल, सुयशा राना, सायुस गुरुङ, सुनिल श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका छ ।

कमेन्ट गर्नुहोस्
Share: