
विश्वकप फुटबलको छनौट अन्तर्गत नेपाल र कुवेत बीचको खेल जारी छ। नेपाल दुई गोलले पछाडी छ ।
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग प्रतिस्पर्धा गरेको हो ।
विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्नेछ ।
नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । त्यसैले फिफा वरियतामा आफू भन्दामाथि रहेको कुवेतविरुद्व जित हासिल गर्न नेपाललाई सहज छैन ।
दुई देशविबीच अहिलेसम्म भएका ६ वटा खेलमध्ये ५ खेलमा कुवेत विजयी भएको छ । यस्तै एक खेल बराबरीमा साकिएको छ । यी ६ खेलमा नेपालले कुवेतसँग २२ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ ।
लाइभ हेर्न यहाँ थिच्नुहोस ।
कमेन्ट गर्नुहोस्
