पर्वतमा १५ हजार रोपनी जग्गा अतिक्रमण

Share:

पर्वत । पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो।

सार्वजनिक तथा गुठीका जग्गा दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

दोस्रो अभियानअन्तर्गत जग्गालाई कानूनबमोजिम करको दायरामा ल्याई सरकारी जग्गाको संरक्षण गर्ने सोचअनुरुप यही भदौ महीनादेखि समितिले अभियानको रुपमा सबै वडामा जाने गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधार सुवेदीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: