चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

Share:

काठमान्डौ । तीन दिने नेपाल भ्रमणका लागि आइतबार (आज) चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार आज उनि बेलुका ५ बजे सम्म नेपाल आइपुग्नेछन् ।

उनले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने भएका छन् ।

भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआआई)मा सहयोगसम्बन्धी कार्यादेश र कार्ययोजनाका आधरा तय हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: