
चितवन– चितवन जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोरमा बोलेरोले ठक्कर दिंदा चार वर्षीय बालकको मृत्यु भएको छ । ठक्करबाट गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिदको ज्यान गएको हो ।
ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ ७:३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८: ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
