सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Share:

काठमाडौं– केहि दिन यता ओरालो लागिरहेको सुनको मूल्य आज (सोमवार) बढेको छ । शुक्रवारको तुलनामा आइतवार सुनको मूल्य केही घटेपनि आज भने पुनः बढेको हो ।

सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएकाे छ । आइतवारको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो । त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमवार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार चाँदी प्रतितोलाा ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: