
बुर्किना फासो– आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी बुर्किना फासोमा २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो । पहिलो आतङ्ककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको थियो । यस आक्रमणमा परी १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए ।
सोही समयमा खाद्यान्न बोकेको एक साइकल यात्रीलाई लक्ष्य गरी गरिएको आतङ्ककारी आक्रमणमा परी १४ जनाको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका थिए ।
कमेन्ट गर्नुहोस्
