त्रिभुवन शान्तिमा विज्ञान हाजिरीजवाफ

Share:

लेखनाथ । त्रिभुवन शान्ति नमुना मा.वि. पोखरा म.न.पा.–३०, ले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा प्रथम गोगन मा. वि., द्वितीय त्रिवेणी पब्लिक तृतीय डायमण्ड मा. वि. र लक्ष्मी मा. वि. ले सान्तवना स्थान हासिल गर्न सफल भएका छन् ।

उक्त कार्यक्रममा प्रमुख व्यक्तित्व पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, कार्यक्रमका सभा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपिराज पौडेल, विद्यालयका प्रधानाध्यापक मित्रलाल सापकोटा, शिक्षक प्रतिनिधि प्रदिप न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त विज्ञान हाजिरी जवाफ प्रतियोगितामा साविक लेखनाथ क्षेत्रका १० प्रतियोगी विद्यालय मध्ये थिए ।

कार्यक्रमको संयोजकत्व विज्ञान संकाय प्रमुख लक्ष्मण थापा र कार्यक्रम सञ्चालन क्विज मास्टर रामचन्द्र भण्डारीले गरेका थिए । साथै यहि भदौ २७ गते चित्रकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: