पर्वतमा दुई लाख रुपैयाँसहित चार जना जुवाडे पक्राउ

Share:

पर्वत । पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीबाट दुई लाख १७ हजार रुपैयाँसहित जुवा खेलिरहेका चार जना पक्राउ परेका छन्। कटुवाचौपारीस्थित लक्ष्मी श्रेष्ठको घरमा बिहीबार प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पक्राउ पर्नेमा कटुवाचौपारीकै ३७ वर्षीय दिनेश ढकाल, ३५ वर्षीय नवराज अधिकारी, सल्यानको शारदा नगरपालिका–६ घर भई कटुवाचौपारीमा बस्दै आएका ३८ वर्षीय उमाभक्त वस्नेत र फलेवास नगरपालिका–३ शंकरपोखरीका ५० वर्षीय रामप्रसाद तिवारी रहेका छन्।

जुवा खालमै रहेका स्थानीय ३८ वर्षीय मदन शर्मा भन्ने रुद्र शर्मा पौडेल भने फरार रहेकाले उनको खोजी कार्य चलिरहेका प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई बिहीबार नै जिल्ला प्रशासन कार्यालय पर्वतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। उनीहरूलाई जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: