विमानस्थलको लागी अधिग्रहण गरिने जग्गाको उचित मुल्य दिनुपर्ने माग

406
0
Share:

पोखरा, १८ कार्तिक \ निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घर जग्गा पीडित संघर्ष समिति हवेली मार्ग काजीपोखरी परिषदले राज्यले अधिग्रहण गर्ने प्रतिहात जग्गाको मुल्य साढे ४ लाख रुपैया दिनुपर्ने माग गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले जग्गाको न्युनतम मुल्य ४ लाख ५० हजार दिनुपर्ने माग निर्णय गरेको हो । सो क्षेत्रका करिव ५ सय घडेरी र ६ वटा घर अधिग्रहणमा पर्ने छन् । त्यसको मुल्य बजार भाऊ अनुसार चलनचल्तीको दिनुपर्ने समितिले माग गरेको हो । समितिका अध्यक्ष डिलबहादुर कार्कीले विमानस्थल निर्माण तुरुन्त थाल्नु पर्ने तथा घरघडेरीको मुल्य उचित दिनुपर्ने बताए । उनले विमानस्थल अधिग्रहण रेखाङ्कन परिधिपछि बाटो वन्द भएका घडेरी जग्गा पुरै लिने या बाटो सहित छाड्ने सम्बन्धित निकायलाइ अनुरोध गर्ने बताए ।

pokhara-airport

बैठकले घडेरी जग्गाको क्षेत्रफल नमिलेका घडेरी जग्गाहरुको ट्रायल जाँच गर्न सम्बन्धित निकायलाइ अनुरोध गर्ने, अधिग्रहणको क्षेत्रमा परेका घरहरुको यर्थात मुल्य काम गर्न समितिद्धारा प्राविधिक ल्याइ सबै घरको मुल्याङ्कन गर्न लगाउने र विमानस्थल उच्चस्तरीय समितिको संयोजक सभासद रवीन्द्र अधिकारीसंग डेलीगेसन जाने लगायतका निर्णय बैठकले गरेको अध्यक्ष कार्कीले बताए ।

समितिले प्रमुख जिल्ला अधिकारी, पोखरा नागरीक उडड्य प्राधिकरण, पर्यटन मन्त्रालयमा डेलीगेसन गइ आफ्ना मागबारेमा जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
Share: