शिवशक्ति क्याम्पसको वार्षिकोत्सव सम्पन्न

Share:

पोखरा ।

पोखरा महानगरपालिका वाड नम्बर ११ स्थित शिवशक्ति क्याम्पसले २७ औं वार्षिकोत्सव मनायो ।

प्रमुख अतिथि गण्डकी प्रदेशका सदस्य विन्दुकुमार थापले वार्षिकोत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष दामोदर बास्तोलाको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा पूर्व सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’ र टुवराज बास्तोल तथा पूर्व क्याम्पस प्राचार्यहरु प्रेमबहादुर राई र चन्द्रकान्त रेग्मीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्राध्यापक रमेश थापाद्वारा सञ्चालित भएको कार्यक्रममा क्याम्पसका प्राचार्य दीपक बास्तोलाद्वारा क्याम्पसको आर्थिक वर्ष २०७६/०७७ वार्षिक प्रतिवेदन र क्याम्पसका आर्थिक प्रशासक आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । क्याम्पसका शिक्षक तोलाकान्त न्यौपानेल सुझाव प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा प्रमुख अतिथि विन्दुकुमार थापाले सामुदायिक क्याम्पसप्रतिको घट्दो विद्यार्थी एवम् समुदायको चाहनालाई परिपूर्ति गर्न प्राविधिक श्क्षिा अवलम्बन गर्नु पर्ने बताए । उनले क्याम्पसको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोला, पूर्व अध्यक्ष माधवप्रसाद बास्तोला,, कामना सेवा विकास बैंकका प्रमुख टुवराज बाँस्तोला, शिवशक्ति क्याम्पसको विकास निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अध्यक्षद्वारा गरिएको अध्यक्षात्मक प्रस्तुतीमा शैक्षिक गतिविधिमा सबै क्षेत्रबाट सकारात्मक सोच भएमा क्याम्पसको अन्नयन हुने निदरल्याण्डका केपिजेसँगको हातेमालो प्रभाकारी हुने कुरामा जोड दिए ।

क्याम्पसका प्राचार्य दिपक बास्तोलाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले क्याम्पसको ऐतिहासिक पक्ष, शैक्षिक पक्ष, आर्थिक पक्ष, सामाजिक पक्षका बारेमा प्रकाश पारेका थिए । क्याम्पसका पूर्व अध्यक्ष माधव प्रसाद बास्तोलाले यो क्याम्पस सेवामूलक भएको हुँदा प्रत्येक शिक्षकहरुले विद्यार्थी वृद्धि गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्नु पर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: