पोखरा केआईसिंह पुल पार्कमा भारतीय पर्यटक एक्कासी बेहोस भई मृत्यु

Share:

पोखरा महानगरपालिका १ केआई सिङ पुल स्थित रहेको पार्कमा घुम्ने क्रममा एक्कासी बेहोस भई भारतीय वृद्ध नागरिकको मृत्यु भएको छ ।

भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेर अचानक उक्त पार्कमा लड्न गई बेहोस भई उपचारको लागि आफन्तले फिस्टेल अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका छन् घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, म्याग्दी घर भई पोखरामा ज्यामी काम गर्दै आएका पुरुषको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ सहारा टोेल स्थित सुनिल परियारको घरमा बिगत १३÷१४ बर्ष अगाडि देखि बस्दै आएको, ज्यामी काम गर्ने म्याग्दीको दरवाङ घर बताउने वर्ष अन्दाजी ५५ को साईला मगर नाम बताउने पुरुष ब्यक्ति आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: