गोली हानी एकको हत्या

Share:

बुटवल– रुपन्देहीको रोहिणीमा १ जना व्यक्तिको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिउँसो २ः३० बजेतिर एक जना व्यक्तिको गोली हानी हत्या भएको जनाएको छ ।

भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर जाँदै गरेका व्यक्तिको गोली हानी हत्या भएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

 शाहीले अहिले प्रहरी पनि घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: