पर्यटन विकासका लागि  तनहुँको म्याग्देमा दौड प्रतियोगिता

Share:

अशोक विश्वकर्मा।  तनहुँको म्याग्दे गाउँपालिकामा पर्यटन विकासका लागि दौड प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा न ५ मा रहेको ऐतिहासिक कालाभैरम मन्दिरको प्रचारप्रचार गरि पर्यटक भित्राउनका भन्दै आगामी कार्तिक २ गते “दोस्रो महिला तथा पुरुष १२ किमि कालाभैरम ट्रायल रेस प्रतियोगिता २०७६” हुने भएको हो ।

मन्दिरको दैबी शक्तिका साथै म्याग्दे गाउँपालिकाको मुलाबारी क्षेत्रमा रहेका सुन्तला बगैँचाहरुलाई प्रचार गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।

सवै उमेर समुहका महिला तथा पुरुषहरु प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगितामा महिला र पुरुष दुवै तफै प्रथम पुरस्कार २० हजार, द्धितीय १५ हजार, तृतीय १० हजार र सान्त्वना ३ हजार नगद सहित मेडलका साथ प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।

गाउँपालिकाको वडा न ३ धयरेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक गंगाबहादुर थापाले ट्रायल रेस प्रतियोगिता मार्फत बाह्य तथा आन्तरिक पर्यटकहरु समक्ष म्याग्देको पहिचानबारे जानकारी दिने उदेश्य रहेको बताए । उनले युवा शक्तिको एकता, जनचेतना र पर्यटन विकास प्रतियोगिता मार्फत हुने विस्वास समेत ब्यक्त गरे ।

यस्तै गरि संयोजक थापाले म्याग्दे गाउँपालिकाको विभिन्न क्षेत्रमा ब्यवसायिक रुपमा सुन्तला खेती गरिएता पनि बजार उत्पादनले बजार पाउन समस्या भएको जानकारी दिए । उनले सुन्तला उत्पादन हुने स्थानको पहिचान हुन नसक्दा समस्या सिर्जना भएको बताउदै कार्यक्रमले कृषकको समस्या समेत समाधान गर्ने विश्वास ब्यक्त गरे ।

उनले सुन्तला उत्पादन भएता पनि खरिदकर्ताहरु गाउँमा नपुग्ने भएकाले बजार भाउ नपाएर कम मुल्यमा उत्पादन विक्री गर्नुपर्ने समस्या कृषकहरुमा रहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा गाउँपालिकाकी अध्यक्ष मायादेवि राना, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतका बक्ताहरुले म्याग्देलाई विकास गर्ने योजनालाई प्रतियोगिताले सहयोग पु¥याउने भएको स्थानीय सरकारको सहयोग रहने बताए ।

१२ किमि दुरीमा हुने दौड वडा न ३ को पसले देखि सुरु भई किलचोकm पाँडेथोक, डडुवा, कोलडाँडा, पिपलथोक, गहिरा, तारानथोक, झिरुबास हुदै भैरमथानमा पुगि समापन हुनेछ । प्रतियोगितामा २०० धावकलाई सहभागि गराउन लक्ष्य रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: