क्यानको निर्वाचनमा देखिएको विवाद सम्बन्धि आज छलफल हुँदै

Share:

पोखरा। नेपाल क्रिकेट संघ क्यानको निर्वाचनमा विवाद आएपछी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको प्रतिनिधि मण्डलले आज सरोकारवाला निकायसंग आज छलफल गर्दैछ ।

आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले असोज ३ र ४ गते काठमाडौंमा निर्वाचन गर्ने तयारी गरेको थियो । तर राखेपले आफुसंग अनुमती नलिएर गरिएको केन्द्रिय निर्वाचन मान्य नहुने बताएपछि क्यानको विवाद समाधानमा नयाँ अवरोध देखा परेको थियो ।

राखेप सदस्य सचिव रमेश शिलवालले राखेपले बनाएको निर्वाचन समितिसंग मात्र चुनाव गराउन सक्ने वैधानिक आधार रहेको अडान राखेका थिए । त्यसैले क्यानको केन्द्रिय निर्वाचन अन्यौलमा परेको छ ।

आइसिसिको स्वतन्त्र कमिटिले जिल्ला, प्रदेशको निर्वाचन सकेर अन्तिममा केन्द्रिय निर्वाचनको मिति तय गरेको थियो । अन्तिम समयमा केन्द्रिय निर्वाचनको प्रक्रियाको अन्यौलता देखिएपछि आईसीसीका प्रतिनिधि ईमरान ख्वाजा र अमर शेख नेपाल आएका छन् ।

आईसीसीका दुवै प्रतिनिधिले राखेप सदस्य सचिव सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग संयुक्त छलफल गर्न लागेको छन् ।

कमेन्ट गर्नुहोस्
Share: