आज विश्वकर्मा पूजा मनाइँदै

Share:

पाेखरा। आश्विन संक्रान्ति अर्थात विश्वकर्मा पूजा । कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए।

यस्तै हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर पनि बिश्वकर्मा पूजा मनाउँदैछन् । गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ ।

भगवान् विश्वकर्माको वर्षभरिमा कतिपय पटक पूजा र महोत्सव मनाइन्छ । जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ। यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ। यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते(कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन छ। भारतका कतिपय क्षेत्रमा गोरुतिहार(गोवर्द्धन पूजा)का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार–पूजा) गर्ने गरिन्छ।

कमेन्ट गर्नुहोस्
Share: