
पोखरा । पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ ।
ट्रेड मल व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा यामाहाको एफजेटएस १५० सिसी मोटरसाइकल रहेको छ ।
दशैँ तिहार उत्सव–२०७६ व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बिहीबार पत्रकार सम्मेलनमा जनाए अनुसार उपहार र उपहार योजना असोज ५ गतेदेखि मंसिर ४ गतेसम्म लागु हुनेछ ।
अर्थात् यो समयावधिमा ट्रेड मलमा रहेका जुनुसुकै पसलबाट ५ सय रुपैयाँ बराबरको किनमेल गर्नेहरु उपहार योजनामा स्वतः सहभागि हुनेछन् ।
ट्रेड मलले अन्य पाँच जनालाई डोकोभरि उपहारको पनि व्यवस्था गरेको छ । यसैगरी मलले हरेक १५ दिनमा खोल्नेगरि ‘ज्याकपट’ उपहारको पनि व्यवस्था गरेको छ ।
ज्याकपट उपहार योजनामा सहभागि हुनको लागि कम्तिमा ग्राहकले मल भित्र रहेको काउण्टरमा १० वटा कुपन बुझाउनु पर्नेछ । ग्राहकले ५ सय बराबरको सामान किन्दा एउटा, २ हजारकोमा ३ वटा र ५ हजार बराबरको सामान किन्दा १० वटा कुपन प्राप्न गर्ने व्यवस्था गरिएको छ ।
एउटा मात्र कुपन भए बम्बर उपहार र हरेक हप्ता ५० हजारसहित अन्य उपहार प्राप्त गर्नको लागि १० वटा कुपनबापत मल व्यवस्थापनले एउटा ज्याकपट कुपन दिनेछ । त्यही ज्याकपट कुपन हरेक १५ दिनमा एकपटक खोलिने छ ।
ज्याकपट उपहारमा ५० हजार नगद एकजनाले पाउनेछ् भने बाँकी उपहारहरु सपिङ भौचर र २ जनालाई डोकोभर उपहार रहनेछ ।
टे«ड मलका सहायक प्रबन्धक सुवास अधिकारीका अनुसार उत्सव अवधिभर सबै गरेर करिब १९ लाख रुपैयाँको उपहारको व्यवस्था गरिएको छ ।
बम्पर उपहार भने मंसिरको ८ गते खोलिनेछ । २०७२ साल असोज २६ गतेदेखि संचालनमा आएको पोखरा टे«ड मलमा २ सय ५० वटा पसलहरु रहेका छन् ।
