नगरपालिका कार्यालयमा बम विस्फोट

Share:

अछाम–अछामको कमलबजार नगरपालिकामा गए राति नेत्रविक्रम चन्द विप्लव समूहले बम विस्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको हो।

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: