
काठमाडौँ –संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना संदेश जारि गर्दै देउवाले संविधानको संरक्षण गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।
सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने नेपाली काङ्ग्रेसको विचार र सङ्कल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको सभापति देउवाले उल्लेख गर्नुभएको छ ।
