संविधानले सबै क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको छ : मुख्यमन्त्री गुरुङ

Share:

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान दिवसले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न लाग्न सबैलाई प्रेरणा मिल्ने आशा व्यक्त गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संविधानले संघीयता, धर्मनिरक्षेता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायत सबै तह र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदानबाट प्राप्त महत्वपुर्ण उपलब्धीको रुपमा पहिलोपटक जनताका प्रतिनिधीमार्फत संविधान निर्माण भएको संविधान राजनैतिक एवं संवैधानिक इतिहासमा यूगिन महत्वको दिन रहेको समेत मुख्यमन्त्री गुरुङले अथ्र्याएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: