नयाँ दिल्ली, कात्तिक १९\ भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बुधबार दिल्ली विधानसभालाई भङ्ग गरिएको घोषणा गरेका छन् । सरकारी स्रोतका अनुसार यससँगै आगामी वर्षको सुरुमा हुने विधानसभाको निर्वाचनको लागि बाटो खुला भएको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत फ्रेबुअरीदेखि राष्ट्रपति शासन लागू भएको छ । काँगे्रसको पार्टीको सर्मथनमा आम आदमी पार्टी (आप) ले ४९ दिनसम्म सरकार सञ्चालन गरेको थियो । तर ४९ दिनको शासनपछि मुख्यमन्त्री अर्भिन्द केजरिवालले राजिनामा गरेका थिए ।
भारतको केन्द्रिय मन्त्रिमण्डलले दिल्लीको विधानसभा भङ्ग गर्नुपर्ने उपराज्यपाल नजीव जङ्गले मङ्गलबार यस सबन्धमा गरेको सिफारिस स्विकार गरेपछि मुखर्जीले सो घोषणा गरेका हुन् । सत्ताधारी पार्टी भारतीय जनता पार्टी (भाजपा) ले समेत सरकार बनाउन अस्वीकार गरेपछि निर्वाचनको सम्भावना बढेको बताइएको छ ।
