
काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा अहिले नेपाल भुटानसँग खेलिरहेको छ । समुह ‘ए’ मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसँग खेलेको हो ।
नेपाल आज भुटानलाई हराउंदै सेमिफाइनल पुग्न चाहान्छ । पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।
नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।
लाइभ हेर्नु यहाँ थिच्नुहोस ।
कमेन्ट गर्नुहोस्
