काठमाडौ २० कार्तिक । चलचित्र तथा म्युजिक भिडियो आलोक नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
धापासीस्थित घरमा झुण्डिएर मृत अवस्थामा उनी फेला परेको आफन्तले जनाएका छन् । विहीबार राति ८ बजे उनी मृत फेला परेका हुन् ।
दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो ।
अविवाहित उनले सानो संसार, कोही मेरोजस्ता चर्चित फिल्मको निर्देशन गरेका थिए । ‘सानो संसार’बाट निर्देशन यात्रा शुरू गरेका आलोकको पछिल्लो फिल्म ‘अझै पनि’ प्रदर्शनको क्रममा छ ।
कमेन्ट गर्नुहोस्
