
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल)को दोश्रो संस्करण कात्तिक अन्तिम साताबाट हुने भएको छ । कात्तिक २६ गतेबाट मंसिर ७ गतेसम्म पीपीएल आयोजना गरिने आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले जनाएको छ।
साेमबार प्रेस विज्ञप्ति निकाल्दै आयोजकले पीपीएलको मिति घोषणा गरेको हो।पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
पीपीएलमा विराटनगर टाईटन्स, चितवन राईनाेज, पाेखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । पाेखरा पल्टनले पहिलो संस्करणको उपाधि जितेको थियो ।
कमेन्ट गर्नुहोस्
