
बिग न्यूज
पोखरा, ६ असोज । उदीयमान गायक हुन्, एबी संकल्प । संकल्पले यतिबेला काठमाण्डौमा आफ्नो गायन करिअरलाई अगाडि बढाईरहेका छन् । विभिन्न रियालिटी शोहरुमार्फत एक खालको चर्चा पाईसकेका गण्डकी भेगका यी गायकले एउटा नयाँ गीत बजारमा ल्याएका छन् ।
आफैले गाएको गीतमा उनी आफैँले अभिनय पनि गरेका छन् । गीतमा उनी आफैले संगीत भरेका हुन् भने शब्द पनि आफैँ लेखेका हुन् । अभिनेत्री अनु शाहसँग जोडी बनेर भिडियोमा फिचर भएका उनी यो गीतबाट निकै आशाबादी सुनिए । यो गीतबाट मैले निकै आशा गरेको छु । र, गीतलाई उत्कृष्ट बनाउन निकै मेहेनत पनि गरेको छु । स्रोता र दर्शकका लागि आफूले सकेसम्म राम्रो कोसेली दिन खोजेको छु । मेरो गीत यहाँहरुले रुचाईदिनेमा पनि म विश्वस्त छु । संकल्पले भने ।
काँडामा देख्छु तिमीलाई बोलको रोमान्टिक गीतको भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियो लाई उत्सव दाहालले खिचेका हुन् ।
