राखेप सदस्य सचिव लामालाई बढी नबोल्न खेलकुद मन्त्रीको चेतावनी

341
0
Share:

काठमाडौं, कात्तिक २१/ यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव युवराज लामालाई जथाभावी नबोल्न चेतावनी दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) को  पुनर्गठन गर्ने  मन्त्रीपरिषदको निर्णयप्रति लामाले आपत्ति जनाउनुभएको थियो ।

25591

तेस्रो साफ महिला च्याम्पियनसिपमा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यलाई शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विदाइ गरेपछि पत्रकारसित कुरा गर्दै पौडेलले क्यान पुनर्गठन गर्ने अधिकार मन्त्रीपरिषद् वाहेक अरु कसैलाई पनि नभएको बताउनुभयो ।

मन्त्रीपरिषद्को विहिवारको बैठकले क्यान पुर्नगठन गरेको प्रतिक्रियास्वरुप राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव युवराज लामाले क्यान पुनर्गठन गरेर सरकारले परिषद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभएको थियो ।

तर युवा तथा खेलकुदमन्त्री पौडेलले क्यान परिषद् लगायतका कुनै पनि संस्थामा दर्ता नभएको भन्दै मन्त्रीपरिषद्ले परिषद्को क्षेत्राधिकारमाथि कुनै किसिमको हस्तक्षेप नगरेको ठोकुवा गर्नुभयो ।

मन्त्री पौडेलले क्यान राखेपमा दर्ता नभएको दावी गरेपनि खेलकुद ऐनमा खेल संघ राखेपमा अनिवार्य दर्ता हुनु पर्ने व्यवस्था छ र त्यो व्यवस्था अनुसार क्यान पनि राखेपमा खेलकुद संस्थाको रुपमा दर्ता छ ।

अधिवेशन नगरेको आरोपमा लामाले २०६८ साल कात्तिक ८ गते क्यानका तत्कालिन अध्यक्ष विनयराज पाण्डेसहितको कार्यसमिति भंग गरेर टंक आङ्वुहाङ् लिम्बुको अध्यक्षतामा तदर्थ समिति बनाउनु भएको थियो । र पछि अधिवेशन गरेर आङ्वुहाङ्अध्यक्षमा निर्वाचित हुनु भएको थियो । तर क्यानमा अनियमितता गरेको आरोप लागेपछि आङ्वुहाङ्सहितका १० जना पदाधिकारी निलम्बिनमा परेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: