आजदेखि सय रुपैयाँको नयाँ नोट बजारमा, यस्ता छन् यसका विशेषता

Share:

काठमाडाैं । नेपाल राष्ट्र बैँकले आजबाट सय रुपैयाँको नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले नयाँ विशेषता सहितको नोट बजारमा पठाएको हो । आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ ।

नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।

सय दरका ३ अर्ब बराबरका नयाँ नोट मंगलबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ ।नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र छ ।

 

कमेन्ट गर्नुहोस्
Share: