युके बाट नृपेशले ल्याए ‘ज्यानमाया’ (भिडियो)

Share:

काठमाडौं । नृपेश उप्रेतीले बिगत लामो समय देखि युकेमा बसेर नेपाली गीत संगीत , साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउदै आएका छन्। गीतकार, गजलकार र संगीतकारका रुपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन्। नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने उप्रेतीले दशैँ तिहारको रमाइलो मौसमलाई अझै रमाइलो बनाउनको लागि ज्यानमाया बोलको गीत सार्वजनिक गरेका छन्।

लोक आधुनिक गीतको समिश्रण ज्यानमाया डान्सिङ प्याटर्नको गीत हो। यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको छ भने नृपेश उप्रेतीको शब्द र संगीत रहेको छ। गीतको संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन्।

ज्यानमायाूको म्युजिक भिडोयोमा पछिल्लो समय गलबन्दी गीतका कारण चर्चामा रहेकी नायिका अन्जली अधिकारी को साथमा टिकटकबाट चर्चित बनेका हिमांशु कार्कीले अभिनय गरेका छन्। प्रबिन थापाको निर्देशन गरेको म्युजिक भिडियोलाई, बासु बरालले छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादान गरेका हुन्।

यस गीतबाट आफु निकै आशावादी रहेको र दर्शक स्रोता बाट राम्रो प्रतिक्रियाको अपेक्षा राखेको गीतकार उप्रेतीले बताएका छन्। खुशी इन्टरटेन्मेण्टको प्रस्तुति ज्यानमाया ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: