चमत्कार हुनुपर्थ्यो भन्दै नकारात्मक टिप्पणी नगर्न प्रचण्डको अपिल

Share:

रुपन्देही– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश नयाँ व्यवस्थामा प्रवेश गरेको लामो समय नभएको भन्दै नकारात्मक टिप्पणी नगर्न अपिल गरेका छन्।

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले नयाँ संविधान अनुसार चुनाव भएर तीन तहको सरकारले काम थालेको दुई वर्ष पनि नभएको भन्दै आत्तिनु पर्ने परिस्थिति नबनेको बताए । प्रचण्डले हरेक विषयमा नकारात्मक सोच त्याग्नु पर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुः ख र बलिदानले आएको भन्दै प्रचण्डले सिंहदरबारको अधिकार स्थानीय तहमा लाने कुरा सजिलै प्राप्त नभएको बताए ।

देश पूरै व्यवस्था नै परिवर्तन भएको अवस्थामा पुगेको भन्दै प्रचण्डले संघीयताका बारेमा नकारात्मक प्रचार हुन चिन्ताको विषय भएको बताए । साढे २ सय वर्षदेखि निरंकुशताले जरजर बनाएको समाजलाई डेढ वर्ष मा नै चमत्कार गर्नुपर्छ भन्नु कल्पना मात्र भएको प्रचण्डको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
Share: