
पोखरा। केहि दिन यता सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ। बुधबारको तुलनामा बिहिबार १ हजारले घटेको सुनको मूल्य आज शुक्रबार २०० रुपैयाँले घटी छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार, आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
