देश बिकासका लागी आधुनिक हतियार सहितको युद्ध आवश्यक ः विप्लव

418
0
Share:

प्रस्ताव सुबेदी, चितवन २२ कात्तिक/ नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लले देशको विकासका आधुनिक हतियार सहितको युद्ध आवश्यक रहेको बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै सचिव विप्लवले सत्तामा रहेका शासकहरुले जनताका विषयलाई गम्विरताका साथ नलिएको भन्दै यसका लागि युद्धको विकल्प नरहेको बताए हुन्।

biplab
वार्तामा भएका सहमतिहरुलाई कार्यन्वयन गर्न सत्तासीन दलहरु पछि हटेको आरोप लगाउदै उहाले जनताले चाहेमा जुन सुकै समयमा पनि हतियार उठ्न सक्ने बताए । आफुहरुको माग सुनुवाई गर्न सत्तासीन राजनैतिक दलहरु पछि हटे नया राज्य सत्ता निमार्ण गरी सत्ता संञ्चालन गर्ने उनले बताए ।

अहिले संविधान सभाले सुधारीएको संसदिय व्यावस्था सहितको संविधान जारी गर्न खोजेको भन्दै यो आफ्नो पक्षमा नरहेको बताए। संघर्षको कुनै सिमा नहुने भन्दै उहाले जनताको पक्षमा निणर्य गर्न सातसिन दलहरुलाई आग्रह गरे। फरक प्रसंगमा वोल्दै सचिव विप्लवले एकिकृत नेकपा माओवादी संग नया प्रकृया सहित पाटि एकिकरण गर्न सकिने बताए।

दुवै दल भित्रका कमि कम्जोरीलाई सुधार गरी पाटि एकिकरण गर्न आफुहरु तयार रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: