
काठमाण्डौ। सिंगापुरमा जारि त्रिकोणिय टी–ट्वान्टी सिरिजमा शनिबार नेपालले सिंगापुरलाई ९ विकेटले हरायो। सिंगापुरको इन्डियन एसोसियसन मैदानमा भएको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिंग गरेको थियो। सिंगापुरले ३ विकेट गुमाउदै १५३ रनको बनाएको थियो।
सिंगापुरका लागि कप्तान टिम डेविडले ४४ बलमा अविजित ६४ रन्को पारि खेले। यस्तै सुरेन्द्रन चन्द्रमोहन ३५ रन बनाएर आउट भए । जनक प्रकाशले २५ र मनप्रित सिंहले १५ रङ बनाउदा रोहण रंगराजनले ६ रङ बनाए। नेपालका लागि करन केसीले २ विकेट लिए भने हिजोकै खेलमा डेब्यु गरेका सुशान भारीले एक विकेट लिए।
१५३ रनको लक्ष्य पछ्याएर ब्याटिंग उत्रेको नेपालको सुरुवात राम्रो हुन सकेन। नेपालले ओपनर इशान पाण्डेलाई ५ रनमै गुमायो।दोश्रो विकेटका लागि क्रिजमा आएका आशिफ शेखले कप्तान पारस खड्का संग उत्कृष्ट साजेदारी गरे ।
कप्तान खड्का र शेखले १४५ रनको साजेदारी गरेपछि नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको हो। दुवैको साझेदारी नेपालका लागि टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक ठुलो रनको साझेदारी हो ।
यस खेलमा नेपालले मुख्य ६ कीर्तिमान कायम भएको छ । कप्तान खड्काले नेपालको तर्फबाट टी–ट्वान्टी क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शतक प्रहार गर्ने क्रममा खड्काले विभिन्न किर्तिमान समेत कायम गरेका छन् । खड्का लक्ष्य पक्ष्याउदै ब्याटिंग गर्ने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका छन् ।
पारसले ५२ बल खेल्दै १०६ रन बनाए। उनले ४९ बलमा शतक लगाउदै टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने ४८ औं खेलाडी बनेका छन्। टी–ट्वान्टी अन्तराष्ट्रियमा अहिले सम्म बिश्वो क्रिकेटका हस्ती जस्तै विराट कोहली, स्टिभ स्मिथ, महेन्द्र सिंह धोनीले समेत शतक लगाउन सकेका छैनन्।
साथै उनले एकै ईनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शिर्ष ३ को सुचिमा आफुलाई अटाउन सफल भएका छन्। पारसले ९ छक्का प्रहार गरेका थिए ।
साथै सिंगापुरलाई ९ विकेटले हराउंदै नेपालले टी–ट्वान्टीमा अहिलेसम्मकै भारि अन्तरको जित निकालेको छ । कप्तान पारस र आरिफ शेखको १ सय ४५ रनको साझेदारी नेपालका लागि टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक ठुलो रनको साझेदारी बनेको छ ।
नेपालले सिंगापुरलाई पराजित गरेसंगै सिरिजको तालिकामा दोश्रो स्थान हासिल गरेको छ। दुइ खेलमा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपाल दुई अंकको साथमा दोश्रो स्थानमा रहेको छ।
नेपालले सिरिज अन्तर्गतनै आउँदो मंगलबार जिम्बाब्वे र बुधबार सिंगापुरसंग खेल्ने छ। सिरिज अन्तर्गत आज सिंगापुर र जिम्बाब्वे भिड्दै छन्।
