बेंसीसहर-चामे सडकमा पहिरो, मनाङ जाँदै गरेको जिप पुरियो

Share:

लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक बन्द भएको छ। बेंसीसहर-चामे सडकअन्तर्गत स्याँगेको घुम्तीमा शनिबार बेलुका पहिरो गएको हो।

उक्त पहिरोमा परी काठमाडौंबाट बेंसीसहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बर स्कार्पियो जिप पुरिएको छ।

पहिरोले सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएका छन्। जिपमा चालकसहित ५ जना थिए।उनीहरु पहिरोबाट जोगिएको प्रहरीले जनाएकाे छ ।

सडक माथिबाट एक्कासि आएको ढुंगासहितको पहिरोले जिपको अगाडिको भागमा हानेपछि जिपमा सवार सबै जना भागभाग भएका थिए।

स्याँगेका दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

जसले गर्दा बेंसीसहरबाट मनाङ जाने र मनाङबाट बेंसीसर आउने सवारीसाधन रोकिएका छन्। डिभिजन सडक कार्यालय दमौलीसंगको समन्वयमा सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।

कमेन्ट गर्नुहोस्
Share: