कुटपिटका कारण एकको मृत्यु

250
0
Share:

गुल्मी। झगडाका क्रममा कुटपिट गरेपछि गुल्मीमा एक जनाको मृत्यु भएको छ।

कालिगण्डकी गाउँपालिका–६ खड्गकोटका ६४ वर्षीय दुर्गादत्त ढकालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए।

सोहि ठाउँ निवासी ४५ वर्षीय टोपबहादुर सार्कीले शनिबार साँझ आपसी झगडामा ढकाललाई कुटपिट गरि घाइते बनाएका थिए ।

घाइते ढकालको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न टोपबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: