दशैंका लागि सरकारले तोक्यो खसीबोका तथा च्याङ्ग्राको मूल्य

2189
0
Share:

काठमाण्डौ। सरकारले दशैंका लागि खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै‌ंलाई लक्षित गरी मूल्य तोकेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

सरकारले तोकेको मूल्य अनुसार अब ज्युँदो खसीबोका ५ सय ५० रुपैयाँ प्रतिकेजी पर्ने भएका छन्। यस्तै ज्युँदो च्याङ्ग्रा भने ७ सय ३० रुपैयाँ प्रतिकेजी पर्ने भएको छ।

कम्पनीले आजै बाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू गरेको छ। उपभोक्तालाई वास्तविक मूल्य जानकारी दिने उद्देश्यले मूल्य तोकिएको गौचनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: